
काठमाडौं, १७ कार्तिक । नेपाल उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय क्षेत्रमा एकाे उच्च ब्याजदर बृद्धि विरुद्ध विरोधका कार्यक्रम गर्ने भएको छ। संघका अध्यक्ष दिनेश श्रेष्ठले कार्तिक १८ गते शुक्रबार माइतिघर मण्डलामा जम्मा भएर शान्तिपूर्ण मौन विरोध कार्यक्रम गरिने बताए ।
बैंक तथा वित्तीय क्षेत्रमा उद्योगी व्यवसायीले धान्नै नसक्ने गरेर ब्याजमा बृद्धि गरेको र देशकाे अर्थतन्त्रलाई असर गर्ने गरी भएका कार्यहरुका विरुद्ध राज्यलाई घच्घच्याउन विरोध कार्यक्रम आव्हान गरिएकाे संघले जनाएको छ।
संघले उपत्यका भित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा बस्तुगत संघहरुको आह्वानमा विरोध कार्यक्रम गर्न लागेकाे जनाएकाे छ।
विराेध कार्यक्रम शुक्रबार पूर्वान्ह ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म माइतिघरमा हुनेछ र याे मौन विरोध कार्यक्रम भएकाे अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




