कात्तिक २५ देखि पिपुल्स हाइड्रोपावरकाे सेयर निष्काशन हुँदै

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ कार्तिक । पिपुल्स हाइड्रोपावरकाे सेयर कात्तिक २५ गतेदेखि निष्काशन गर्न लागिएकाे छ। कम्पनीले सर्वसाधारण जनताका लागि ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गर्न लागेकाे हाे ।

यसअघि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर निष्काशन गरिएकाेमा बिक्री हुन बाँकी रहेकाेसहित सर्वसाधारणका लागि जारि गरिने भएकाे हाे ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि कात्तिक २९ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेकाे खण्डमा मंसिर ९ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयरमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट स्वीकृती पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर वेबपेज र एप्सबाट पनि आवेदन दिन सकिने भएकाे छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।