घट्याे सुनको भाउ, चाँदीको बढ्यो

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ १०० ले घटेको छ भने चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १०० ले गिरावट भई तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १०० ले गिरावट भई तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीको भाउमा भने रुपैयाँ १० ले बढेर तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदीको भाउ तोलाको १ हजार २१५ रुपैयाँ तोकिएको थियो ।