
काठमाडौं, २० कार्तिक । छिमेक लघुवित्त वित्तीय संस्थाले खुद नाफा बढाएकाे छ । संस्था सार्जजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरणका अनुसार गएकाे वर्षको सोही अवधिकोभन्दा खुद नाफा बढेको देखिन्छ ।
लघुवित्तको खुद नाफामा ५३.७१ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे नाफा रुपैयाँ ३२ करोड ९१ लाख ८ हजार पुगेको छ। गएकाे आर्थिक वर्षमा संस्थाको नाफा रुपैयाँ २१ करोड ४१ लाख थियाे ।
संस्थाकाे खुद ब्याज आम्दानीमा ३८.६२ प्रतिशतले बढेको छ । सञ्चालन आम्दानी २९.८५ प्रतिशतले बढेको देखिन्छ। संस्थाकाे नाेक्सानी शुल्क घटेकाे छ । याे ४ करोड २२ लाख रुपैयाँबाट घटेर २ करोड ४९ लाख रुपैयाँ कायम भएकाे छ भने सञ्चालन मुनाफामा ५२.७४ प्रतिशतले बढेको देखिन्छ।
लघुवित्तकाे ईपिएस अर्थात प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाबाट बढेर ५६ रुपैयाँमा ६४ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे १७.३९ गुणा छ । प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा छ।
लघुवित्तको चुक्ता पूँजी स्थिर देखिएकाे छ । यसकाे जगेडा कोषमा १०.४४ प्रतिशतले बृद्धि भएकाे छ। निक्षेप र सापटीमा ४.७८ प्रतिशतले तथा कर्जामा २.१५ प्रतिशतले बढेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




