एकैदिन उल्लेख्य बढ्यो सुनचाँदीको भाउ

-



     सफल आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० कार्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १४०० तथा सेतो धातु चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १४०० ले बढेर तोलाको ९४ हजार ५०० रुपैयाँमा काराेबार भईरहेको छ ।

यसअघि अन्तिम कारोबार भएको दिन शुक्रबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन छापावाला सुनमा रुपैयाँ १०० ले घटेर खरिदबिक्री भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ १४०० ले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९२ हजार ६०० रुपैयाँमा कायम भएर कारोबार भएको थियो । सो दिन तेजाबी सुनमा पनि रुपैयाँ १०० ले गिरावट भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज एकैदिन रुपैयाँ ५० ले बढेर तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन चाँदीमा रुपैयाँ १० ले बढेर कारोबार भएको थियो ।