
काठमाडौं, २० कार्तिक । साताको सेयर कारेबार हुने पहिलो दिन नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ अघिल्लो हप्ता अधिक दिनहरु नकारात्मक रहेको सेयर बजारमा आजको सुखद् माहोलले लगानीकर्तामा उत्साह जगाएको छ । कारोबार रकममा पनि सुधार भएको पाईएको छ ।
एकातिर नजिकै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आईरहेको छ भने यो बेलामा बजारमा रकम चलायमान हुने अपेक्षा रहेको छ । अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरणको घोषणा लगायतका वित्तीय गतिविधिले बजारलाई चलायमान बनाउने आशा गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेको छ ।
यसदिन कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ३९ लाख १३ हजार ५७३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये एउटा म्युचुअल फण्ड बाहेक सबैमा हरियो लागेको छ । उनीहरु सबैको सेयरमूल्य बढेको छ । रातो लागेको म्युचुअल फण्डको ०.०१ अंकले घटेकाे छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार बढी भएको छ । संस्थाको १० करोड १४ लाख ९६ हजार ६८६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेष्डाे समृद्ध लघुवित्त र उपकार लघुवित्तसहित चारवटाकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले बढेर २ सय ४७ रूपैयाँ पुगेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




