ग्लोबल आइएमई लघुवित्तको नाफा र ईपिएस दुjवै घट्यो

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ कार्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकाे नाफामा गिरावट भएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गएकाे आर्थिक वर्षकोभन्दा लघुवित्तको खुद नाफा ५८.१५ प्रतिशतले घटेको हाे ।

संस्थाकाे खुद नाफा ५८.१५ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँमा आएकाे छ। गएकाे वर्ष याे नाफा ६ करोड ३९ लाख रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी घटेकाे छ । खुद फि र कमिशन आम्दानी घटेकाेले लघुवित्तको नाफा घटेकाे हाे ।

खुद ब्याज आम्दानी १३.८३ प्रतिशतले घटेको देखिन्छ । खुद फि र कमिशन आम्दानीमा ४१.०७ प्रतिशतले घटेको उल्लेख छ। सञ्चालन आम्दानीमा १९.९१ प्रतिशतले र सञ्चालन नाफामा ५८ प्रतिशतकाे गिरावट देखिन्छ।

लघुवित्तकाे ईपिएस आम्दानी ३९ रुपैयाँ ७६ पैसा घटेर १९ रुपैयाँ ३६ पैसा कायम भएकाे छ। असोजकाे अन्त्यसम्म लघुवित्तको मूल्य आम्दानी रेसियाे ६०.१८ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १९९ रुपैयाँ २२ पैसा छ।

यस वर्षको पहिलो ३ महिनासम्म आउँदा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ । जगेडा कोषमा ५.११ प्रतिशतले, निक्षेपमा ३.२८ प्रतिशतले र कर्जामा १.९० प्रतिशतले बढेको पाइएकाे छ।