
काठमाडौं, २१ कार्तिक । समीट लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षकोभन्दा लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशतले घटेको हाे ।
लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशतले घटेर १ करोड ८५ लाख रुपैयाँ कायम भएकाे छ। गएकाे आर्थिक वर्ष संस्थाकाे खुद नाफा ३ करोड ९२ लाख रुपैयाँ रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी, खुद फि र कमिशन आम्दानीमा भएकाे कमिकाे कारण नाफा घटेकाे जनाइएकाे छ ।
लघुवित्तकाे ईपिएस घटेको छ। याे २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसा कायम भएकाे छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी रेसियाे ५०.९३ गुणा देखिन्छ । प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा छ।
यस अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.२९ प्रतिशतले बढेको छ । यसकाे जगेडा कोषमा ३.७१ प्रतिशतले बृद्धि भएकाे छ । निक्षेपमा २३.९ प्रतिशतले बढेकाे छ । सापटीमा १७.६६ प्रतिशतले र कर्जामा १९.२० प्रतिशतले बढेको देखिएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




