साेमबार घट्यो सुनचाँदीको भाउ

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट देखिएको छ ।

अघिल्लो दिन आईतबारको कारोबारमा रुपैयाँ १४०० ले बढेर कारोबार भएको सुनको भाउ यसदिन रुपैयाँ २०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले घटेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २०० ले घटेर तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।