सुनको भाउ घट्दै, चाँदीको स्थिर

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । सेतो धातु चाँदीको भाउ भने स्थिर रहेको छ । छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीको भाउ सोमबारकै तोलाको १ हजार २६५ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनमा रुपैयाँ २०० ले गिरावट भई तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले घटेर तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुनमा सोमबार रुपैयाँ २०० ले घटेर तोलाको ९३ हजार ८०० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार आज सेतो धातु चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन । यसअनुसार चाँदी सोमबारकै भाउ तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।