प्रि ओपन सेसनमा थोरै अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ कात्तिक । मंगलबारको प्रि ओपन सेसनरमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ०.२८ अंक बढेर १९५९.२१ विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०८ अंक बढोत्तरी भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको प्रि ओपन सेसनमा ७ ओटा स्टकको ९४ हजार ९४२ रुपैयाँ बराबरको ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ४ ओटा स्टकको मूल्य बढेको छ भने एउटा स्टकको मूल्य घटेको छ । बाँकी २ ओटा स्टकको मूल्य यथावत् रहेको जनाइएको छ ।