
पोखरा, कात्तिक २२ । पोखरा चेम्बर अफ कमर्सले बैंक तथा वित्तिय संस्थाहरुले वृद्धि गरेको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै चेम्बर कास्कीले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुदेँ माग राख्दै राष्ट्र बैंक गण्डकीका प्रमुख रामशरण खरेलमार्फत ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्र हस्तान्तरणपछि बोल्दै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पिडा दिएको बताए।
‘कोभिड १९ ले व्यवसायीहरु समेत अछुत रहन सकेनन’, उनले भने, ‘कोभिडपछि रुस र युक्रेनको युद्धका कारण धरापमा परेको नेपाली व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर व्यवसायीलाई थप पिडामा राखेको छ । यो निर्णय फिर्ता लिन हामीले जोडदार माग गरेका छौं ।’
उनका अनुसार चेम्बरले आकासिदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर ४.४ प्रतिशतमा १ प्रतिशत घटाउन माग गरेको छ । बैंकहरुको आधार दरलाई न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गर्न माग गरेको छ ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा चेम्बर्स आफ कमर्श गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले व्यवसायीहरुहरुलाई धरापमा पार्ने गरी ब्याजदर बृद्धि गरेकोमा आपत्ति जनाए ।
‘ब्यापार व्यवसाय फस्टाएमात्र देश समृद्ध हुन सक्छ’ उनले भने,‘ देश समृद्ध बनाउन ब्यापार ब्यवसाय फस्टाउन पर्छ तर राष्ट्र बैंकले व्यवसायीहरुको विरुद्ध ब्याजदर वृद्धि गरेर व्यवसाय धरापमा पारेको छ ।’
यस्तै चेम्बर पोखराले नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८.५ प्रतिशत पु¥याएको र त्यसलाई ५ प्रतिशत नै कायम गर्न माग गरेको छ । सिडी ¥याटियो ९० प्रतिशतको स्थानमा अन्य वर्षको जस्तै सिडी ¥याटियो ८५ प्रतिशत नै कायम गर्न चेम्बरको माग छ ।
त्यसैगरि सो ज्ञापनपत्रमा प्रत्यक्ष त्रैमासिकमा पुजीगत खर्चको समीक्षा गरिनु पर्ने र खर्चको लक्ष्य प्राप्तिको लागि प्रभावकारी पहल गरिनुपर्ने माग राखेको छ । यस्तै चेम्बरले स्थानीय, प्रदेश तथा संघीय सरकार अन्तरगतका निकायहरुको खातामा रहेको पुजीगत रकम खर्च हुने नसकेको अवस्थामा रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न माग गरेको छ ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पृथ्वी बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी लगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
ज्ञापनपत्र बुझाउनुअघि सहभागीहरु पोखरा मालेपाटनस्थित चेम्बर्स अफ कमर्श कास्कीको कार्यालयबाट पर्स्याङ, सिद्धार्थचोक, विपी चोक, न्यूरोड, सिर्जनाचोक हुदैं नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको कार्यालय पुगरे ज्ञापनपत्र बझाइएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




