
काठमाडौं, २३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । आज छापावाल सुनमा रुपैयाँ १ हजार ४ सय रुपैयाँ बढेको छ । यस्तै चाँदीमा पनि प्रति तोला ३० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनमा रुपैयाँ १ हजार ४ सय रुपैयाँले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनमा पनि १ हजार ४ सय रुपैयाँले वृद्धि भएर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनमा मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउमा पनि वृद्धि भएको छ । मंगलबार तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँ बढेर तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




