
काठमाडौं, २४ कार्तिक । आदर्श लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा तथा ईपिएस दुबै घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे आर्थिक वर्षकोभन्दा याे अवधिमा खुद नाफा घटेको हाे।
चालु आर्थिक वर्षको असोजसम्ममा संस्थाले रुपैयाँ ३ लाख ४९ हजार नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशतले कम देखिएकाे छ । गएकाे वर्ष साेहि अवधिमा रुपैयाँ ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेकाे छ । यसका कारण हुनसक्ने जोखिम व्यवस्थापनका लागि बढी रकम छुट्याएकाेले नाफामा कमि भएकाे हो।
खुद ब्याज आम्दानी ०.६५ प्रतिशतले घटेको छ । शुल्क, कमिशन र छुटमा ०.४१ प्रतिशत बढेको पाइएकाे छ। संस्थाकाे कुल सञ्चालन आम्दानी ०.३४ प्रतिशतले र सञ्चालन मुनाफा ४७.३४ प्रतिशतले घटेको देखिन्छ।
लघुवित्तको ईपिएस आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसा कायम भएकाे छ। असोज महिनासम्म मूल्य आम्दानी रेसियाे ४७ गुणा रहेकोमा नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा छ।
संस्थाकाे चुक्ता पूँजी ४७.८६ प्रतिशतले बढेको देखिन्छ । जगेडामा ७८.५० प्रतिशतले बढ्दा सापटीमा २.२१ प्रतिशतले घटेको देखिन्छ । निक्षेपमा २१.५५ प्रतिशत तथा कर्जामा १२.४५ प्रतिशतले बढेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




