सुनको भाउ स्थिर, चाँदीको घट्यो

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहि कारोबार भईरहेको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा यसदिन कुनै परिवर्तन भएको छैन ।

छापावाल सुनको भाउ स्थिर रहेर बुधबारकै भाउमा तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनमा रुपैयाँ १४०० ले बढेर तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार तेजाबी सुनमा पनि रुपैयाँ १४०० ले बढेर तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।