
काठमाडौं, २४ कार्तिक । केहि दिनदेखि ओरालो लागेको सेर बजारको यात्राले बिहिबार पनि निरन्तरता पाएको छ । परिसूचक घटेपनि कारोबारमा २ अर्ब नाघेको तीनदिन अघिको मापन तीनदिन पछि १ अर्बमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको छ । नेप्सेमा १.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ४.१७ अंकले घटेर ३७२.३७ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयरको कारोबार भएको छ । यसबाट १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा यसदिन नेप्सेको कारोबार करिब २९ करोडले कमि देखिएको छ । सेयर बजारमा देखिएको राताम्यै दृश्यले लगानीकर्ताको मनोबल बढ्न दिएको छैन ।

१३ वटै उपसमूहरु राताम्यै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको यसदिन १० करोड २२ लाख ३५ हजार ४२८ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

मन्दाकिनी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.९२ प्रतिशतले बढेर ३ सय ३१ रूपैयाँ ५० पैसा पुगेकाे छ । अपर हेवाखाेला हाइड्राेपावर कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै ६.९१ प्रतिशतले घटेर ३ सय ६४ रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




