सुन र चाँदी दुवैको भाउ बढ्यो, कति पर्छ तोलाको ?

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
यसदिन छापावाला सुनको भाउमा १ हजार ३ सय रुपैयाँले बढेको छ । सेतो धातु चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा शुक्रबार एकैदिन रुपैयाँ १ हजार ३ सयले बढेर तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि आज १ हजार ३ सय रुपैयाँले बढेर तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार तेजाबी सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा १० रुपैयाँले बढेर तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।