
काठमाडौं, २५ कार्तिक । ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीकाे हकप्रद सेयर शुक्रबार सूचीकृत भएकाे जानकारी दिएकाे हाे ।

कम्पनीले एक सूचना प्रकाशित गरेर १५० प्रतिशत हकप्रद सेयर अर्थात १ कराेड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचीकृत भएकाे जनाएकाे हाे ।
ङादी ग्रुप पावरकाे साउन १८ गते देखि भदौ ७ गतेसम्म १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याइएकाे थियाे ।
१ः१.५ को रेसियाेमा रुपैयाँ १०० अंकित दरकाे १५० प्रतिशतले हुने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर जारी गरिएकाेमा साेहि सेयर सूचिकृत भएकाे हाे ।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि असार २० गते बुकक्लोज गरेको थियो । यसमा असार १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका लगानीकर्ताले हकप्रदमा दावि गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




