पिपुल्स हाइड्रोको सेयर: खुलेकै दिन साढे १५ लाख कित्ता माग

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ कार्तिक । पिपुल्स हाइड्रोपावरको सेयरमा पहिलाे दिनमै १५ लाख ६६ हजार ६९० कित्ताका लागि आवेदन पेश भएकाे छ ।

सीडीएसले १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन पेश जनाएकाे हाे । शुक्रबार दिउँसो पाैने २ वजेसम्म १ लाख २९ हजार ९४३ आवेदकले १५ लाख ६६ हजार ६९० कित्ता माग गरेका छन्।

पिपुल्स हाइड्रोपावरको शुक्रबारबाट ५६ लाख ६ हजार ३९० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हाे । कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाइ सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेकाे ८ लाख ६ हजार ३९० कित्तासहित ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएकाे हाे ।

साे सेयरबाट २ लाख ८० हजार ३२० कित्ता सामूहीक लगानी कोषका लागि रहेकाे छ । १ लाख ६८ हजार १९० कित्ता कर्मचारीका लागि रहेकाे छ भने बाँकी रहेकाे ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले कार्तिक २९ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । सेयरमा घटीमा १० कित्ता तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ ।