नेप्सेको नयाँ वेबसाइट आजदेखि सञ्चालनमा

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कार्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्तिक २७ गते आजदेखि नयाँ वेबसाईट www.nepalstock.com.np औपचारिक रुपमा संचालनमा ल्याएकाे छ ।

कम्पनीले हालसम्म संचालन गर्दै आएकाे www.nepalstock.com नामकाे पूरानाे वेबसाईटलाई बन्द गरि नयाँ संचालनमा ल्याएकाे हाे । अब कुनैपनि सूचनाहरु पूरानाे पेजबाट पाउन नसकिने नेप्सेले जनाएकाे छ । नेप्सेले शुक्रबार एक सूचना प्रकाशित गरेर यसका बारेमा जानकारी गराएकाे थियाे ।

नेप्सेमा हाल सातामा पाँच दिन आईतबारबाट बिहिबारसम्म ५ दिन सेयर काराेबार हुँदै आएकाे छ । नयाँ वेबसाईट संचालनमा ल्याएपछि सेयर लगानीकर्ताहरुले अब नयाँ वेबसाईटबाटै सूचनाहरु लिन सक्नेछन् ।

नेप्सेले प्रकाशित गरेकाे सूचना