सुनचाँदीको भाउ बढ्ने क्रम यथावत्, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कार्तिक । नेपाली बजारमा सुन र चाँदीकाे भाउमा लगातार बृद्धि भइरहेकाे छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा छापावाल सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ६०० ले बढेर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि शुक्रबार अन्तिम कारोबार भएको दिन छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ६०० ले बढेर तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनमा पनि १ हजार ३ सय रुपैयाँले बृद्धि भएर तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।