
काठमाडौं, २७ कार्तिक । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दाेहाेराे अंककाे गिरावट भएकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको छ । नेप्सेमा ०.५६ प्रतिशतले गिरावट भएको छ ।
सेन्सेटिभ इन्डेक्स १.८३ अंकले बढेर ३७०.५३ विन्दुमा पुगेको छ । जहाँ ०.४९ प्रतिशतले गिरावट भएको छ । आज कुल २२५ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २० लाख २८ हजार ३४८ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँ ६५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा यसदिन सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ३९ लाख ९६ हजार ३९ रुपैयाँ बराबरको कारोबार रहेको छ । दोश्रोमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २ करोड ४० लाख ५२ हजार ३३९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
तेश्रोमा नबिल बैंक लिमिटेडको २ करोड ३८ लाख २५ हजार ९५० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । चौथोमा हिमालयन पावर पार्टनर लिमिटेडकोे २ करोड २६ लाख ४६ हजार २३७ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । यस्त पाँचौ बढी कारोबार भएकाहरुमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २ करोड १६ लाख ३९ हजार ६०७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा बढी गुमाउनेहरुमा नबिल व्यालेन्स्ड फण्ड २ को ०.६२ अंकले, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ६० अंकले, सिटिजन्स म्युचुअल फण्ड १ को ०.४३ अंकले, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ४४ अंकले र आशा लघुवित्त वित्तीय संस्थाले ४५ अंकले गुमाएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




