
काठमाडौं, २८ कार्तिक । चिलिमे जलविद्युत कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउदा रुपैयाँ २० करोड ७८ लाख ८० हजार नाफा कमाएकाे छ ।
कम्पनीकाे सार्वजनिक भएकाे वित्तीय विवरणका अनुसार । यस अवधिमा कम्पनीकाे उक्त नाफा देखिएकाे हाे । गएकाे वर्षकाे साेहि अवधिमा कम्पनीले रुपैयाँ २० करोड ३५ लाख ३१ हजार नाफा कमाएकाे थियाे । यसरी हेर्दा चालु वर्षमा कम्पनीकाे नाफा अघिल्लाे पटककाेभन्दा करिब साडे ४३ लाख बढी रहेकाे छ । जाे गएकाे वर्षकोभन्दा २.१४% ले बढी हाे ।
असोज महिनासम्म कम्पनीकाे विद्युत् बिक्री आम्दानी १.१८% ले बढेर रुपैयाँ ३५ करोड ५८ लाख ३८ हजार रहेकाे। अघिल्लाे पटक साेहि समयमा याे रुपैयाँ ३५ करोड १६ लाख रहेकाे थियो । वित्तीय नाफामा सुधार भएकाे छ । याे नाफा ५५.४७% ले बढेर ३ करोड रुपैयाँ ९१ लाख भएकाे छ । यसैकाे कारण खुद नाफामा बृद्धि भएकाे हाे ।
सञ्चालन आम्दानी ३.२१% ले घटेर रुपैंयाँ २२ करोड ८३ लाखमा सिमित भएकाे छ । कम्पनीकाे चुक्ता पुँजी रुपैयाँ ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रहेकाे छ । जगेडामा ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ रहेकाे छ । ईपिएस कमाइ ४ पैसाले बढेर १२ रुपैयाँ १९ पैसा भएकाे छ। प्रतिसेयर नेटवर्थ भने १५६ रुपैयाँ ७७ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




