सूर्या र ज्योति लाइफले आज मर्जर प्रस्ताव पारित गर्दै

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ कार्तिक । सूर्या लाइफ र ज्योती लाइफ इन्स्याेरेन्स एक आपसमा गाभिन लागेका छन् । गाभिने प्रयाेजनका लागि दुबै कम्पनीकाे आज साधारणसभा हुँदैछ ।

सूर्या लाइफले साधारणसभा विराटनगरमा रहेकाे होटल हैरिसन प्सालेसमा हुँदैछ । उता अर्काे मर्जर पार्टनर ज्योती लाइफको साधारणसभा पाेखरामा रहेकाे वाटरफ्रन्ट रिसोर्टमा हुँदैछ । 

दुबै कम्पनीका साधारणसभाले एकापसमा गाभिनका लागि आवश्यक स्वाप रेसियोकाे प्रस्ताव छलफलपछि पारित गर्नेछन् । सूर्या लाइफ इन्स्याेरेन्सको १०० कित्ता बराबर ज्योती लाइफको ८२ कित्ता (१ः०.८२) सेयर रेसियाे हुने भएकाे छ । दुवै कम्पनी गाभिएपछि कम्पनीको नाम सूर्याज्योती लाइफ इन्स्याेरेन्स हुनेछ ।

सूर्या लाइफ र ज्योति लाइफ इन्स्याेरेन्स मर्जरमा जाने भएपछि असार १३ गतेदेखि दुबैकाे सेयर कारोबार रोक्का रहेकाे छ । दुबैले गएकाे असार १२ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सूर्या लाइफको चुक्ता पूँजी रुपैयाँ २ अर्ब ४२ करोड रहेकाे छ । ज्योति लाइफ इन्स्याेरेन्सको चुक्ता पूँजी रुपैयाँ २ अर्ब २० करोड रहेको छ ।