
काठमाडौं, २९ कार्तिक । पिपुल्स हाइड्रोपावर कम्पनीकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो। आयोजन प्रभावित क्षेत्रका जनतालाई सेयर बाँडफाँड गर्दा बिक्री नभएकाे ८ लाख ६ हजार ३९० कित्तासहित ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरिएकाे हो।
उक्त सेयरबाट २ लाख ८० हजार १९० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारणले बाँकी रहेकाे ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। ताेकिएकाे अन्तिम मिति आजसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा मंसिर ९ गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालय, मेरो सेयर वेबपेज तथा एप्सबाट आवेदन पेश गर्न पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




