सुन र चाँदी दुवैको भाउ बढ्यो, तोलाको कति?

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेलो धातु छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि आज रुपैयाँ १ हजारले बृद्धि भएर तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ३२५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।