प्रि ओपन सेसनमा नेप्से ०.७६ अंकले बढ्यो

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । आज मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक लगभग १ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार २१।२९ अंक बढेर १९०४.४५ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ०.७६ अंक बढेर १९०५.२१ विन्दुमा पुगेको हो । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ ।

आजको प्रि-ओपन सेसनमा ७ स्टकको ६ लाख २६ हजार २५ रुपैयाँ १९ पैसा बराबरको ९५६ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३ वटा स्टकको मूल्य बढेको पाइएको छ र एउटा स्टकको मूल्य भने घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर अवस्थामा रहेको छ ।