१८९७.८६ विन्दुमा झर्यो नेप्से, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ कार्तिक । अघिल्लो दिन हरियाली संकेत दिएर बन्द भएको भोलिपल्ट आज मंगलबार सेयर ओरालो लागेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा भएको गिरावटले पुनः लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेर ३७३.७१ विन्दुमा पुगेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । २७ लाख ४५ हजार १०९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६७५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रोमा नेपाल लाईफ इन्स्योरेनस कम्पनी लिमिटेडको ६ करोड ४९ लाख ७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेश्रोमा बढी कारोबार भएको नेपाल टेलिकम रहेको छ । टेलिकमको ४ करोड ६७ लाख २२ हजार २३१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड ४८ लाख ४३ हजार ६९६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

पाँचौमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ३ करोड १७ लाख ८४ हजार ६१५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा गुमाउनेहरुको सूचीको पहिलो क्रममा सिटिजन म्युचुअल फण्ड १ को ४.५८ प्रतिशतले घटेको छ । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको २.९३ प्रतिशतले, ग्लोबल आइएमई व्यालेन्स्ड फण्ड १ को २.५६ प्रतिशतले, लक्ष्मी इक्विटी फण्डको २.१२ प्रतिशतले र यूनिलिभर नेपाल लिमिटेडको २.०८ प्रतिशतले घटेको छ ।