
काठमाडौं, १ मंसिर, साताको कारोबार हुने अन्तिम दिन आज बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा १ अंक हाराहारी वृद्धि भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार १३.४० अंकले बढेर १९११.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजको प्रि ओपन सेसनमा ०.९७ अंक बढेर १९१२.२४ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.१० अंकले कमी आएको छ ।
आज बिहीबारको प्रि ओपन सेसनमा ११ वटा स्टकको १ लाख ९२ हजार ८२२ रुपैयाँ ४० पैसा बराबरको २२१ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ३ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




