
काठमाडौं, ४ मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनकाे लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई स्वीकृति दिएकाे छ। सेबोनले निफ्रालाई ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ नामकाे ऋणपत्र निष्काशन गर्ने स्वीकृति दिएकाे हो।
बाेर्डले अनुमित दिएपछि निफ्राले १ हजार रुपैयाँ अंकित मूल्यकाे ५० लाख इकाइ ऋणपत्र निष्काशन गर्ने भएकाे छ । त्यसबाट निफ्राले ३० लाख इकाई व्यक्तिगत किसिमले बिक्री गर्ने भएकाे छ । बाँकी हुने २० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याउने छ ।
लगानीकर्तालाई वार्षिक ७ प्रतिशत ब्याज दिइने साे ऋणपत्रकाे अवधि ७ वर्षका लागि रहेकाे छ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




