घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन भएको भोलिपल्ट सोमबार नेपाली बजारमा सुनचाँदीको कारोबार घटेकाे भाउमा भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जानकारी दिएको छ ।

महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६०० ले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि अन्तिम कारोबार भएको दिन मंसिर २ गते छापावाल सुन तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ६ सयले गिरावट भई तोलाको ९७ हजारमा कारोबार भईरहेको छ । मंसिर २ गते तेजाबी सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंसिर २ गते चाँदी तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।