
काठमाडौं, ५ मंसिर । लाभांशकाे प्रस्ताव पारित गर्न सानिमा बैंकले साधारण सभा डाकेकाे छ । बैंकको वार्षिक साधारण सभा पुस ३ गते हुने भएकाे हाे।
साधारण सभामा बैंकले गएकाे आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर तथा त्यसकाे कर प्रयोजनार्थ ०.९८% नगद लाभांश सहित १०.९८ प्रतिशत लाभांश वितरणकाे प्रस्तावलाई पारित गर्नेछ ।
साधारण सभामा बैंककाे अधिकृत पूँजी १२ अर्ब रुपैयाँबाट बृद्धि गरेर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने भएकाे छ । यस्तै सधाले सर्वसाधारण समूहबाट सञ्चालक समितिका लागि २ जना सञ्चालकहरुको चयन गर्ने सूची रहेकाे छ ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने विषयमा साे बमाेजिमकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई त्यसकाे अख्तियारी दिने प्रस्ताव प्रस्तुत हुनेछ ।
सानिमाकाे साधारण सभा काठमाडौं वालुवाटारमा रहेकाे आम्रपाली बैंक्वेटमा पुष ३ गते पूर्वान्ह ११ बजे डाकिएकाे छ । यसैलाई मध्येनजर गरेर बैंकले मंसिर १९ गते बुक क्लोज हुने जानकारी गराएकाे छ ।
सेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि मंसिर १८ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु नै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




