सुनको भाउमा गिरावट, चाँदीको बढ्यो

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा यसदिन रुपैयाँ ३ सयले गिरावट भएको जनाएको छ । यस्तै सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको उल्लेख गरेको छ ।

मंगलबार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले गिरावट भई तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले आजका लागि चाँदीको भाउ तोलाको १ हजार २ सय ८० तोकेको छ । यसदिन चाँदीमा रुपैयाँ १५ ले बढेर कारोबार भईरहेको छ । सोमबार चाँदीको भाउ तोलाको १ हजार २ सय ६५ कायम भई खरिदबिक्री भएको थियो ।