मर्जरमा जान लागेकाे सिभिल बैंकको सेयर काराेबार फुकुवा

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । सिभिल बैंकको सेयर काराेबार फुकुवा भएको छ। नेप्सेका अनुसार बैंकका आधारभूत सेयरधनी बाहेकका सेयरधनीहरुकाे सेयर काराेबार फुकुवा गरिएकाे हाे ।

सिभिल बैंककाे गएकाे असार २९ मा हिमालयन बैंकसँग मर्जरमा जने विषयमा सहमति कायम भएकाे थियाे । उक्त सहमति पछि असार ३० गतेदेखि बैंकको सेयर कारोबार रोक्कामा रहेकाे थियो। हिमालयन बैंककाे ८१ प्रतिशत स्वाप अनुपातमा सिभिल बैंकलाई गाभ्ने सहमति भएको थियाे ।

दुबै गाभिएपछि नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने भएकाे छ । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका प्रमुख कार्यक्रम अधिकृत अशोक राणा हुनेछन्।

सञ्चालक समितिमा सिभिल बैंकका सञ्चालक नरहने भएका छन्। सिभिल बैंककाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुने भएका छन्। गाभिएपछि दुबै बैंकका कर्मचारीहरु बराबर रहने जनाइएकाे छ ।