प्रि ओपन सेसनमा नेप्सेमा साढे १ अंक हाराहारीको वृद्धि

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित


काठमाडौं, ७ मंसिर । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार ७.१३ अंक घटेर १९२९.७१ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा भने १.३० अंक बढेर १९३१।०० विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.३५ अंकले बढेको छ ।

आजको प्रि ओपन सेसनमा १० वटा स्टकको ८ लाख ३८ हजार ७३३ रुपैयाँ ६० पैसा बराबरको १ हजार ९५८ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ८ वटा स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको पाइएको छ ।