बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले बढेको छ भने चाँदीमा रुपैयाँ ३० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको रुपैयाँ १ हजार ३ सय ५ मा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।