पल्सर १५० नयाँ आवरणमा, यस्ता छन् विशेषता

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । बजाजले १५० सीसी पल्सरको नयाँ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सिरिजलाई पी १५० भनेर नामाकरण गरेको छ ।

नयाँ जेनेरेशनको यो पल्सर १५० मा इन्जिन साइज पुरानै रहेको छ । एउटै साइजको इन्जिन भए पनि नयाँ पल्सर १५० पहिलेभन्दा बढी शक्तिशाली रहेको बताइएको छ । कम्पनीले यसको डिजाइन पहिलेभन्दा निकै स्पोर्टी बनाएको छ । नयाँ मोडल सार्वजनिक गरेको बजाजले पी १५० बजारमा बिक्री सुरु गरेसँगै पुरानो पल्सर १५० को विक्रीलाई निरन्तरता दिन्छ वा दिदैन भन्ने एकिन भएको छैन ।

तर नेपालमा भने भारतमा कुनै पनि मोटरसाइकलको नयाँ र बीएस६ भेरियन्ट मात्र बिक्री हुँदा पुरानै बीएस४ भेरियन्ट सामानेय रुपमा बिक्री गरिने भएकाले भारतमा बिक्री नभए पनि पुराना मोडलले नेपालमा भने निरन्तरता पाउने आकलन गरिएको छ ।

पुरानो पल्सरको तुलनामा नयाँ सिरिजमा फ्यूल टयाङ्कलाई ठूलो बनाइएको छ भने यसमा एजको प्रयोग गरिएको छ । त्यस्तै नयाँ मोटरसाइकलको पछाडिको भागलाई अझै मस्कुलर बनाइएको छ । नयाँ पल्सरमा नयाँ हेडल्याम्प नयाँ सिट सेटअप देख्न सकिन्छ ।

डिजाइन बाहेक यसमा अन्डरबेली एक्जस्ट र यूएसबी चार्जिङ पोर्ट दिइएको छ जुन यस अघिको सिरिजमा उपलब्ध थिएन । साथै यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ जसमा गियर इन्डिकेटर, डिस्ट्यान्स टु एम्प्टी जस्ता नयाँ फिचर पाउन सकिन्छ । यसको अरु मुख्य विशेषता भनेको नयाँ इन्जिन, सस्पेन्सन र ब्रेकिङ सिस्टम हो ।