नेप्से झिनो अंकले घट्याे, २ अर्ब ३६ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । साताको सेयर कारोबार हुने पाँचौं तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेर ३४८७.१८ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी ८ वटामा रातो लागेको छ । यसदिन कुल ३ सय ३ कम्पनीहरुको ६३ लाख १२ हजार ५५२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २६ लाख ४६ हजार ८१७ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.९ प्रतिशतले घटेको छ ।