शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरणकाे घोषणा

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे छ ।

बैंकले गएकाे आर्थिक वर्षसम्मकाे सञ्चित नाफाबाट १३.३० प्रतिशत बोनस सेयर तथा त्यसकाे करकाे प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियाे । साे लाभांश वितरणकाे प्रस्तावलाइ नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंककाे साधारण सभाबाट पारित भएपछि मात्रै वितरण गरिने भएकाे छ।