मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता हुने भएको छ । नेपाल राष्ट्र बैंकले कात्तिकको पहिलो साताभित्रै समीक्षा गर्ने तयारी गरेकोमा संसदीय निर्वाचनका कारण केही पर सरेको बैंकले जनाएको छ ।

शुक्रबारलाई मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिए पनि केन्द्रिय बैंक अनुसन्धान विभागले जानकारी दिएको छ । अर्को हप्ता गर्ने भनिएको समीक्षाको यकिन मिति भने तोकिसकिएको छैन । यो पटकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले तरलता सहज बनाउने नीति ल्याउने तयारीमा रहेको बुझिएको छ । ब्याजदर घटाउन दबाब आइरहेको बेला त्यसलाई सम्बोधन गर्ने गरी समीक्षा गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

ब्याजदर महँगो भएको भन्दै उद्योगी व्यवसायीहरुले आन्दोलन गर्न थालेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यवसायीको माग सम्बोधन गर्ने आस्वाशन दिएका थिए । सोही आस्वाशनलाई समेत ध्यानमा राख्दै राष्ट्र बैंकले समीक्षामा केही लचिलो नीति लिने तयारी गरेको बुझिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर बढाउदा कर्जाको ब्याजदर पनि अत्याधिक बढेको छ ।