सुनको भाउ स्थिर, चाँदीको घट्यो

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । बिहिबारकै भाउमा खरिदबिक्री भईरहेको छ । चाँदी रुपैयाँ १० ले घटेको छ ।

आज छापावाल सुन स्थिर रहेर बिहिबारकै भाउ तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुन तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि यसदिन बिहिबारकै भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बिहिबार तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले बढेर तोलाको रुपैयाँ ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।