
काठमाडौं, १० मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आज शनिबार वार्षिक साधारण सभा डाकेकाे छ । सभाबाट कम्पनीले दिने ४.२१% नगद लाभांशकाे प्रस्ताव अनुमाेदन हुनेछ।
साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
सभाबाट आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, बैंकको प्रबन्धपत्र संशोधन लगायतका कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव छलफलपछि पारित गरिनेछ ।
साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले मंसिर १ गते बुक क्लोज गरेकाे थियाे । कात्तिक ३० गतेसम्म नेप्सेमा सेयर काराेबार भइ कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् । साथै उनीहरु लाभांश पाउनका लागि याेग्य हुनेछन् ।
निफ्राकाे साधारण सभा बत्तिसपुतली, काठमाडौंमा रहेकाे अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वटमा बिहान ९ बजेदेखि हुँदैछ । डाकिएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




