
काठमाडौं, ११ मंसिर । राष्ट्र बैंकले १६ अर्ब ६३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी गराएकाे छ । बैंकले मंसिर १२ गते सोमबार अल्पकालीन ऋण उठाउनका लागि बोलकबोल प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागेको जनाएकाे हो ।
बैंकका अनुसार ९१ दिनकाे लागि ३ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिने भएकाे छ । साे ट्रेजरी बिल फागुन १६ गते परिपक्क हुने भएकाे छ ।
यस्तै, बैंकले १८२ दिनकाे लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे जनाएकाे छ। साे बिल २०८० साल जेठ १६ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकले ३६४ दिनकाे अवधिकाे लागि अर्काे ७ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएकाे छ । साे बिल २०८० साल मंसिर १२ गते परिपक्क हुने भएकाे छ ।
राष्ट्र बैंकले सबै बिल मंसिर भाेलि साेमबार दिनकाे २ बजे बोलकबाेल हुने जनाएकाे छ भने मंगलबार मंसिर १३ गते बिक्री हुने जानकारीफ दिएकाे छ ।
ट्रेजरी बिल के हो ?
नेपाल राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्षका लागि) स्रोत जुटाउन बिल बिक्री गरिन्छ । बोलकबोलको माध्यमबाट ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीबाट पनि गरिन्छ । यसमा ब्याजदरको सट्टा छुटकाे दर लागू हुन्छ । जाे बोलकबोलबाट तय हुन्छ । यसलाई जोखिम नहुने लगानी पनि भन्ने गरिएकाे । यसलाइ सरकारले केन्द्रीय बैंकबाट जारी गर्छ ।
ट्रेजरी बिल नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, सर्वसाधारण, संचयकोष, नागरिक लगानी कोष लगायतका गैर–बैंक वित्तीय संस्था, अन्य संगठित संस्थाले बोलकबोलबाट खरिद गर्न पाउछन्।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




