
काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । आइतबार राति राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको हो । राष्ट्र बैंकले समिक्षामार्फत बैंकहरुको स्प्रेड दर घटाइदिएको छ भने लघुवित्तले आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने नँया व्यवस्था गरेको छ ।
हाल वाणिज्य बैंकको स्प्रेडदर ४.४ प्रतिशत थियो भने विकास बैंकको ५ प्रतिशत थियो । केन्द्रीय बैकले यसलाई घटाएर क्रमशः ४ प्रतिशत र ४.६ प्रतिशत बनाइदिएको छ । पछिल्लो समय बैंकले धेरै नाफा कमाएको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गर्दै आएका थिए ।
अरु केके भयो व्यवस्था ?
कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई यस बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरेकाे छ ।
वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाे छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने भनिएकाे छ ।
लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधारदर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेकाे छ । तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिने नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
कार्यान्वयनमा रहेको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिने तथा तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समिक्षा मार्फत स्पष्ट पारेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




