कालिञ्चोक दर्शनकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडले आजबाट सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि सेयर निष्काशन गरेकाे हो।

जारी पूँजी ६० करोड रुपैयाँ रहेकाे छ । यसकाे १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ। जारी पूँजीको १८ प्रतिशतले हुने १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि रहेकाे छ । १० प्रतिशतले हुने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि रहेकाे छ।

सेयरमा घटीमा १० तथा बढीमा ४ हजार ९९० कित्ता माग गर्न सकिनेछ । वैदेशिक रोजगारमा गएका नेपालीकाे हकमा भने बढीमा १० हजार ८०० कित्ता माग गर्न सकिने जनाइएकाे छ।

कम्पनीका अनुसार सेयरमा स्थानिय जनता तथा लगानीका लागि वैदेशिक रोजगारीमा गएकाहरुले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा स्थानिय जनताले पुस १४ गतेसम्म आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।