बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोकार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ २ सयले बढेर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार २ सय ८५ तोकिएको थियो ।