
काठमाडौं, १४ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेमा परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ ।
अधिकांश सूचकांकहरुको साथसाथै कारोबार रकममा पनि प्रगति हुन सकेन । नेप्सेमा पुराबृत्ति भएको ओरालोको यात्राले लगानीकर्ताको मनोबल घटाएको छ । उनीहरु पर्ख र हेरकाे स्थितिमा रहेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ । नेप्सेमा ०.३२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८५ अंकले घटेर ३८१.८४ विन्दुमा रहेको छ ।
कुल २३८ कम्पनीको सेयर कारोबार भएको छ । २३ लाख ५५ हजार ८४५ कित्ता सेयरको खरिदबिक्रीबाट ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ ९९ पैसा बराबरको कारोबार भएको छ ।
यसदिन माइक्रोफाइनान्स र व्यापार समूहमा मात्रै हरियो लागेको छ । दुबैको सेयरमूल्य बढेको छ । बाँकी ११ वटा उपसमूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयरमूल्य घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
नबिल बैंकको ४ करोड १५ लाख ३ हजार ९१५ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ । नेष्डो संमृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड ८३ लाख १० हजार १०८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
शिवम् सिमेन्टको ३ करोड ९ हजार ६३१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्रोमोटर सेयरको २ करोड ८७ लाख ८३ हजार ७३९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ । सबैभन्दा कम लक्ष्मी इक्वीटि फण्डको ५.७६ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




