
पोखरा १४ मंसिर । पोखरामा शुक्रबार देखि राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुँदै छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थ्ति प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो ।
मंसिर १६ देखि २५ गते सम्म आयोजना हुने ‘समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को सम्पूर्ण तयारी पूरा भएको बुधबार मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला संयोजक पवनकुमार प्रजापतिले मेलाले समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायलाई प्रवद्र्धन तथा बजारीकरण गर्न सहयोग पुग्ने बताए ।
मेला अन्तर्गत डोमतर्फ ७८, अटोका ४५ तथा अन्य १२० स्टल गरी करिब २ सय ५० स्टल रहने छन् । मेला अन्तर्गत हस्तकला मेला, कृषि, पुष्प, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी तथा दैनिक उपभोग्य बस्तुहरुको विक्रि वितरण गरिने पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए । त्यस्तै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमका साथै रत्यौली प्रतियोगिता समेत प्रतियोगितामा समावेश गरिएको छ ।
मेला अवधिभर उद्यमशीलता सम्बन्धि सेमिनारको पनि आयोजना गरिने छ । पोखराको पर्यटनको भावी गन्तव्य, महिला उद्यमशीलता विकासका अवसर र चुनौती, पोखराको पूर्वधार लगायतका विषयमा पनि विभिन्न विज्ञहरुसंग अन्तक्र्रिया गरिने अध्यक्ष प्रजापतिले जानकारी दिए ।
मेलाबाट १ करोड आम्दानी तथा ८५ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत भएको १५ लाख रुपैयाँ उद्यमशीलता प्रवद्र्धन एवं व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघका कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाले जानकारी दिए ।
मेलालाई पोखराको प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टील्सले मुख्य प्रायोजन गरेको छ । मेला प्रवेशका लागि सर्वसाधारणलाई १ सय र विद्यार्थीहरुका लागि ६० रुपैयाँ कायम गरिएको छ ।
मेलाको गण्डकी प्रदेशका संचार, कानून तथा प्रदेशसभा मामिलामन्त्री तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गर्ने छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




