पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंकबाट हुने

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



पाेखरा, १५ मंसिर । पाेखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेडमार्फत हुने सम्झौता भएको छ ।

पोखरामा बुधबार नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यलय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठ लगायतका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

केही दिनअघि परीक्षण उडान सकिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यही पुस १७ गतेदेखि व्यवसायिक उडान सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ ।