चालु आर्थिक वर्षको ४ महिनामा नेपालले गर्याे ५५ अर्बको निर्यात, विराटनगर नाकाकाे उच्च प्रगति

-



     सफल आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । सरकारले चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा ५५ अर्ब हाराहारीको निर्यात गरेको छ । देशभरका २६ ओटा नाकामाध्ये सबै नाकाबाट आयात गरिएको छ भने सो अवधिमा १६ वटा नाकाबाट मात्रै उक्त परिमाणमा विभिन्न सामग्री निर्यात गरिएको छ । १० वटा नाकाबाट निर्यात भएको छैन । कात्तिक मसान्तसम्म १६ ओटा नाकाबाट ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरकाे सामान निर्यात गरिएको छ ।

यही अवधिमा २६ वटा नाकाबाट ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार बराबरका विभिन्न सामानहरु आयात भएको भन्सार विभागले हालै अद्यावधिक गरेको कात्तिक महिनासम्मको वैदेशिक व्यापारको तथ्याङकले देखाएको छ ।

निर्यात गरिएका १६ वटा नाकामध्ये विराटनगर नाकाबाट सबैभन्दा बढी १६ अर्ब ३७ करोड बराबरको निर्यात भएको छ । सबैभन्दा कम निर्यात हुने नाकामा गौर भन्सार रहेको छ । यहाँबाट ४ महिनाको अवधिमा ३ लाख ८६ हजार बराबरको मात्र मालसामान निर्यात भएको देखिन्छ ।  

चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा यस्तो छ आयात/निर्यातको अवस्था